धनगढी । कैलालीमा एक घर तथा गोठमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–४ गैडाखेडा बस्ने अर्जुनबहादुर बुढाको घर र गोठमा आगलागी भएको जनाइएको छ ।
बुढाको काठले बनेको टायलले छाएको एक तले गोठमा भैसीलाई मच्छर भगाउन बालेको आगोबाट गोठ र दुई तले घरमा गएराति आगलागी हुँदा घर तथा गोठ भित्र रहेका नगद, गरगहना,खद्यान्न, भाँडावर्तन, लत्ताकपडा लगायतका सामानहरु गरि अन्दाजी मुल्य रु २० लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको जनाइएइको छ ।













