धनगढी । कैलालीमा अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । बुधबार जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्लाको गौरीगंगा नगरपालिका–१ चनौरा दक्षिण टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय १० मिलिग्राम र नगद रु ११ हजार ७ सय ५० सहित सोही ठाउँ बस्ने २४ वर्षीय रबिन्द्र धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी,धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २४० मिलिग्राम सहित कञ्चनपुरको पुनर्वास नगरपालिका–४ बस्ने १८ वर्षीय किशोर र सोही नगरपालिका–११ अमरबस्ती बस्ने २२ वर्षीया सृजना चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।













