धनगढी । कैलालीमा ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा जिल्लाको भजनी नगरपालिका-५ लालबोझी बस्ने ५२ वर्षीय सीताराम चौधरी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले गएराति पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।













