धनगढी । कञ्चनपुरमा प्रहरीले एक नाल भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्लाको भीमदत्त नगरपालिका-१ र ३ को सिमाना स्थित बाराकुण्डाबाट बिष्णु मन्दिर जाने बाटोको तुम्डी खोलाको पुल मुनी लुकाई छिपाई राखेको बेवारिसे एक नाल भरुवा बन्दुक गएराति बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उक्त बन्दुक बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













