धनगढी । कैलालीबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका-२ आदर्श टोलबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.२० हजार ६५० बराबरको बिडी, सुर्ती, चक्लेट,प्लाष्टिक झिल्ली लगायतका सामानहरु सोमबार नियन्त्रणमा लिएको जनाएको छ ।
उक्त सामान प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ ।













