धनगढी । कैलालीमा प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको बर्दगोरिया गाउँपालिका-२ बौनियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९७० मिलिग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय प्रवेश चौधरी र २६ वर्षीय सञ्जय कुस्मी रहेका प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाँबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ ।













