धनगढी । कञ्चनपुरमा प्रहरीले दुई जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
उच्च अदालत दिपायल, डोटीको फैसलाले कुटपिट मुद्दामा १ महिना कैद सजाय र रु.३ हजार जरिवाना तोकिएका लालझाडी गाउँपालिका-५ भुली बस्ने ५४ वर्षीय दुर्गादत्त जोशी र देखतभुली बस्ने ४० गोविन्द्र अवस्थीलाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
इलाका प्रहरी कार्यालय झलारीसमेतबाट खटिएको प्रहरीले मंगलबार उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।













