• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज २९, २०८३
☰
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • २. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ३. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ४. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ५. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • ६. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ७. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

  • ८. अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

  • ९. सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

  • १०. Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

आइभी लिगदेखि सिलिकन भ्यालीसम्म: धनगढीका नितेशले बनाए विश्व बजार तताउने एआई ‘अल्केमी’

  •   बिहिबार, साउन २१, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिमको धनगढीमा हुर्किएका २६ वर्षीय नितेश पन्तले बनाएको कृत्रिम बुद्धिमत्ता (एआई) उत्पादन ‘अल्केमी’ले अमेरिकी व्यवस्थापन परामर्श क्षेत्रमा नयाँ चर्चा पाएको छ ।

अमेरिकी एआई कम्पनी डेभड्यास ल्याब्समा उत्पादन तथा बजार विस्तार प्रमुखका रूपमा कार्यरत नितेशको नेतृत्वमा विकसित ‘अल्केमी’ ले कम्पनीलाई कसलाई, कहिले र किन सम्पर्क गर्ने भन्ने विषयमा तथ्यमा आधारित सुझाव दिन्छ ।

सामान्य च्याटबटभन्दा फरक ‘अल्केमी’ले कम्पनीभित्रका पुराना सम्बन्ध, अघिल्ला संवाद र बजारका परिवर्तन विश्लेषण गरेर व्यावसायिक अवसर पहिचान गर्न मद्दत गर्छ । यसको अर्को विशेषता पुष्टि गर्न नसकिने जानकारी नदिनु रहेको छ ।

नितेशको यो सफलता पहिलो प्रयासमा आएको होइन । २०२४ देखि २०२६ सम्म उनले ६ वटा एआई उत्पादन विकासको नेतृत्व गरे । तीमध्ये ४ वटा असफल भए, पाँचौँ ‘नोक्याप’ खुला स्रोत भए पनि लोकप्रिय भएन ।

ती अनुभवबाट सिकेर बनाएको ‘अल्केमी’ कम्पनीको पहिलो सफल व्यावसायिक उत्पादन बनेको हो । उनका अनुसार सबैभन्दा ठुलो चुनौती सफ्टवेयर बनाउनु थिएन, ग्राहकको वास्तविक समस्या बुझ्नु थियो । त्यसैले उत्पादन अघि उनले १२५ भन्दा बढी व्यवसायी र परामर्शदातासँग प्रत्यक्ष कुरा गरेका थिए ।

नितेश भन्छन्, ‘कृत्रिम बुद्धिमत्ताले अनुसन्धान र प्रतिवेदनको काम सहज बनाएको छ । तर निर्णय गर्ने, विश्वास बनाउने र जिम्मेवारी लिने काम अझै मानिसकै हो । जब विश्लेषण सस्तो हुन्छ, सम्बन्ध अझ मूल्यवान् बन्छ ।’

‘अल्केमी’को अधिकांश प्राविधिक काम काठमाडौंस्थित नेपाली टोलीले गरिरहेको छ । नितेशका अनुसार कम्पनीको लक्ष्य नेपाललाई सस्तो श्रमको केन्द्र होइन, विश्वस्तरीय प्रविधि उत्पादन गर्ने राष्ट्र बनाउनु हो । कम्पनीको नारा पनि नेपालीमै छ- ‘दामी काम गरौँ ।’

नितेशको धनगढीदेखि डार्टमाउथसम्मको यात्रा
२०१६ मा कक्षा १० मा पढ्दा एक विद्यार्थी ८ वटै आइभी लिगमा भर्ना भएको खबरले नितेशलाई प्रेरित गर्‍यो । धनगढीमा अमेरिकी क्याम्पसमा भर्नाका लागि दिइने शैक्षिक मूल्याङ्कन परीक्षा (एसएटी) को सुविधा नभएपछि उनी काठमाडौं गएर स्वअध्ययन गरे । पहिलो पटक १३८० र दोस्रोमा १५१० अंक ल्याएपछि डार्टमाउथ कलेजमा छात्रवृत्तिमा पढ्ने अवसर पाए ।

कोभिडमा नेपाल फर्केर उनले परिवारको अस्पताल निर्माणमा पनि काम गरे । अहिले उनी आफूलाई संस्थापकभन्दा उत्पादन प्रमुख भन्न रुचाउँछन् । ‘नेपाली इन्जिनियरले विश्वकै जटिल समस्या समाधान गर्ने प्रविधि बनाउन सक्छन् । ‘अल्केमी’ त्यसको उदाहरण हो,’ उनले भने, ‘त्यसैको प्रमाणका रूपमा अमेरिकी ग्राहकका लागि नेपालमै बसेर विश्वस्तरीय एआई उत्पादन विकास गरिरहेका छौँ ।’

व्यावसायिक सेवा क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तीव्र बन्दै गएको वर्तमान समयमा धनगढीबाट सुरु भएको एक नेपाली युवाको यात्रा विश्व बजारका लागि प्रविधि निर्माण गर्ने नयाँ पुस्ताको प्रतिनिधि कथाका रूपमा उभिएको छ ।

  • एआई 'अल्केमी'
बिहिबार, साउन २१, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी १५ कनरी चोकमा ४९ औँ हाइमास लाइट उद्घाटन
सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण
प्रदेश प्रमुख मियाँद्वारा दुई विधेयक प्रमाणीकरण
Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal
बजेट पारित भएपछि पनि एमालेभित्र असन्तुष्टि चुलियो, सांसद थापाले दिए राजीनामा
सुदूरपश्चिमको बजेट अध्ययन गर्न संसदीय समिति गठन गरिने,पूरक बजेट ल्याइने

समाचार

सबै

धनगढी १५ कनरी चोकमा ४९ औँ हाइमास लाइट उद्घाटन

सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण

प्रदेश प्रमुख मियाँद्वारा दुई विधेयक प्रमाणीकरण

Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

धनगढी १५ कनरी चोकमा ४९ औँ हाइमास लाइट उद्घाटन

सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण

प्रदेश प्रमुख मियाँद्वारा दुई विधेयक प्रमाणीकरण

Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • २.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • ३.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

  • ४.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

  • ५.
    सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने

  • ६.
    सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.