धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ स्थित बन्देवी फायरिङ रेन्जमा नेपाली सेनाको नियमित फायरिङ अभ्यासका क्रममा प्लास्टिक ह्यान्ड ग्रिनेड विस्फोट हुँदा दुई सैनिक घाइते भएका छन्।
घटनामा सहायक सेनानी विक्रम कार्की र सैनिक रञ्जित थारु घाइते भएका हुन्। दुवैलाई तत्काल आर्मी अस्पताल, बोराडाँडीमा उपचारका लागि लगिएको छ। उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ।
प्रहरीका अनुसार घटना बिहीवार बिहान करिब ८:२० बजे भएको हो।
गोदावरीमा नेपाली सेनाको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट, दुई सैनिक घाइते
गोदावरीमा नेपाली सेनाको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट, दुई सैनिक घाइते
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













