धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालकाे नवनिर्मित भवन हस्तान्तरण गरिएकाे छ । संघीय आयोजना कार्यान्वयन इकाइ, धनगढीले करिब ९ वर्षपछि निर्माण सम्पन्न भएको अस्पताल भवन बिहीबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएकाे हाे ।
सेती प्रादेशिक अस्पतालको उक्त भवन निर्माणका लागि संघीय आयोजना कार्यान्वयन इकाइ, धनगढीले २०७४ कात्तिक २८ गते रविना–थेगिम जेभीसँग १८ करोड ७४ लाख २८ हजार रुपैयाँमा सम्झौता गरेको थियो। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भवन विभिन्न कारणले करिब नौ वर्षपछि मात्रै निर्माण सम्पन्न भई अस्पताललाई हस्तान्तरण गरिएको हाे ।
हस्तान्तरण कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष बलराम भट्ट, सदस्यहरु, अस्पतालका कर्मचारी लगायतकाे सहभागिता रहेकाे थियाे ।
अध्यक्ष भट्टले नयाँ भवनबाट आवश्यक मेसिन तथा उपकरण जडान गरी जनतालाई छिटाेछरिताे सेवा प्रवाह गरिने बताए ।













