धनगढी । अछाममा एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला अदालत अछामको २०८२ चैत १६ गतेको फैसलाले वन्यजन्तु अवैध सिकार मुद्दामा १ महिना कैद सजाय र रु.५ हजार जरिवाना तोकिएका बान्निगढी जयगढ गाउँपालिका- ६ दर्ना बस्ने भीमबहादुर साउँद रहेको प्रहरीले जनाएको छ ।
साउँदलाई प्रहरी चौकी जयगढबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो निजको घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।



















