धनगढी । कैलालीमा प्रहरीले अवैध भन्सार छलीका माछा नियन्त्रणमा लिएको छ ।
बुधबार जिल्लाको धनगढी उपमहानगरपालिका–२ शारदा स्कुल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.२१ हजार ६ सय बराबरका सिद्रा माछा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।



















