धनगढी । कञ्चनपुरमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
बुधबार जिल्लाको पुर्नवास नगरपालिका–११ डोकेबजार स्थित हुलाकी सडक खण्डमा कैलालीको गोदावरी नगरपालिका–१ डाँडाटोल बस्ने ३१ वर्षीय पुष्कर साँउदले चलाएको सु.प.प्र.०१–००१ ख ३५४६ नं. को बसले ठक्कर दिँदा बैतडीको मेलौली नगरपालिका–९ रोकटा बस्ने ४० वर्षीय भरतबहादुर चन्द गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते चन्दको धनगढीस्थित सेति प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र बस चालक इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको नियन्त्रणमा रहेको जनाइएको छ ।



















