धनगढी । कञ्चनपुरमा प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
जिल्लाको कृष्णपुर नगरपालिका-५ बनदेवी मन्दिर स्थित महेन्द्र राजमार्गमा अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.५५ हजारको बराबरको बिडी र सुर्ती बिहिबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त सामान ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।



















