धनगढी । कैलालीमा प्रहरीले अवैध लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका-७ जेपी चोक स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७० मिलिग्रामसहित गौरीगंगा नगरपालिका- ८ घर भई हाल धनगढी उपमहानगरपालिका- ७ बस्ने २० वर्षीय अबिनाश चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहिबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी चौधरीलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



















