काठमाडौँ । भान्सामा व्यापक रूपमा प्रयोग हुने सामग्री हो लसुन । स्वाद र स्वास्थ्य दुवैको लागि यसलाई लाभदायक मानिन्छ । विशेष गरी कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न लसुन खानु पर्छ भन्ने सल्लाह हामीले आम मानिसमाझ सुनिरहेका हुन्छौँ ।
तर दिनहुँ लसुन खाँदा साँच्चै कोलेस्ट्रोल कम हुन्छ रु यसको पछाडि के छ सत्य रु कि यो अफवाह मात्रै हो रु आजको यस लेखमा हामी कोलेस्ट्रोलमा लसुन खाँदाका हुने असरबारे कुराकानी गर्नेछौ ।
लसुनमा एलिसिनलगायत कयौँ यौगिक तत्त्व पाइन्छ । यसले खराब कोलेस्ट्रोलसँग लड्न मद्दत गर्छ । वैज्ञानिकहरूले कोलेस्ट्रोलमा लसुनको प्रभावको अध्ययन पनि गरेका छन् । रगतको लिपिडमा काँचो लसुन र बजारमा पाइने लसुनको सप्लिमेन्टहरूले कति असर गर्छ भनेर पबमेडले गरेको अध्ययनमा हेरिएको थियो ।
यसमा सामान्य भन्दा बढी कोलेस्ट्रोल भएका व्यक्तिहरूलाई समावेश गरिएको थियो । लसुन र कोलेस्ट्रोलमा भएका अध्ययनहरूको नतिजा फरक फरक देखिए । केही अध्ययनहरूले लसुनले कुल कोलेस्ट्रोल थोरै घटाएको देखियो केहीमा भने यसको असर निकै कम वा अस्पष्ट पाइयो ।
लसुनले खराब कोलेस्ट्रोल कम गर्छ ?
केही अध्ययनमा लसुनको सेवनले कुल कोलेस्ट्रोलमा थोरै कमी आएको देखिएको छ । तर एलडीएल ९खराब कोलेस्ट्रोल० घटाउनेमा यसको प्रभाव प्रमाणित भएको छैन । त्यसैले, लसुन खाएरै एलडीएल कम हुन्छ भन्ने होइन ।
आफ्नो आहारमा सामान्य मात्रामा लसुन समावेश गर्नु ठिक हुन सक्छ । तर यसलाई कोलेस्ट्रोलको उपचार नै मान्नु चाहिँ सही होइन । यदि कुनै व्यक्तिमा उच्च कोलेस्ट्रोल छ भने उचित आहार, व्यायाम र चिकित्सा सल्लाहमा उपचार गराउन जरुरी छ ।
धेरै लसुन खाँदा हुन सक्छ है समस्या
लसुनको अत्यधिक सेवनले केही मानिसहरूमा छाती पोल्ने, ग्यास, अपच वा सास गन्हाउने जस्ता समस्याहरू हुन सक्छ । रगत पातलो पार्ने औषधि लगायत औषधि खाने मानिसहरूले डाक्टरसँग परामर्श गरेर मात्रै लसुनको सप्लिमेन्टको सेवन गर्नु पर्छ ।














