धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले मन्त्रीपरिषद विस्तार गरेका छन ।
उनले शुक्रबार ३ मन्त्री र २ राज्यमन्त्री थप गरेका हुन ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट प्रकाश रावललाई उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय , ओमविक्रम भाटलाई भौतिक पूर्वाधार बविकास मन्त्रालय र खुशीराम डगौरा थारुलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै,नेकपाकै जानकी कुँवरलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री र इन्दिरा गिरिलाई उद्योग, पर्यटन, वन तथा वतावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले शुक्रबारनै पद तथा गोपनियताको शपथ लिएका छन । नवनियुक्त मन्त्रीहरुलाई सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले र राज्यमन्त्रीलाई मुख्यमन्त्री खगराज भट्टले सपथ गराएका हुन ।
यहाँ सत्ता साझेदार दल नेकपा एमालेतर्फबाट ३ मन्त्री र एक राज्यमन्त्रीले यसअघिनै पद तथा गोपनियताको सपथ लिइ सकेका छ ।
एमालेबाट सन्तोषकुमारी थापा (शर्मा) सामाजिक विकासमन्त्री, चक्र मल्ल आर्थिक मामिलामन्त्री,दमन भण्डारी भूमि व्यवस्था,कृषि तथा सहकारीमन्त्री र जानकी बम ऎर आर्थिक मामिला राज्यमन्त्री छन ।














