धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा आवश्यक सहयोग गर्ने निर्णय गरेको छ।
बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको हो।
बैठकले विपद्को यस दुःखद् समयमा नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहतका कार्यप्रति ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोग गर्ने निर्णयसमेत गरेको छ।
प्रदेश सरकारले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएको छ।
भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा सहयोग गर्ने सुदूरपश्चिम सरकारको निर्णय
भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा सहयोग गर्ने सुदूरपश्चिम सरकारको निर्णय
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














