• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५१ मिनेट 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

सुदूरपश्चिमका १ सय ५० जना अझै सम्पर्कविहीन

  •   शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित

धनगढी । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा आफन्त बेपत्ता भएको एक साता बितिसक्दा पनि कुनै खबर नआएपछि कैलालीका परिवार आफैँ खोजीमा निस्किन थालेका छन् ।

सरकारी निकायबाट आफन्तको अवस्थाबारे ठोस जानकारी नआएपछि कैलालीका विभिन्न स्थानीय तहका परिवारका सदस्य काठमाडौँ हुँदै रसुवातर्फ लागेका हुन् । कतिपय परिवारका सदस्य नुवाकोट पुगेर हेलिकोप्टरमार्फत रसुवा जाने बाटो खुल्ने प्रतीक्षामा छन् ।

जानकी गाउँपालिकाबाट बाढीपछि सम्पर्कविहीन भएका चार जनाको खोजीका लागि प्रत्येक परिवारबाट दुई–दुई जना र एक जना बरघर गरी नौ जनाको टोली काठमाडौँतर्फ गएको छ । आफन्तको अवस्था पत्ता लगाउन खोजीमा जान चाहेका परिवारका सदस्यलाई गाउँपालिकाले एक साताका लागि यातायातको व्यवस्था गरेको जनाएको छ ।

जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टका अनुसार उनीहरूको खाना खर्च भने परिवार आफैँले व्यवस्थापन गर्नेछन् । फर्किएपछि यातायात र खाना खर्चसमेत गाउँपालिकाको विपत् व्यवस्थापन कोषबाट भुक्तानी गरिनेछ ।
‘एक हप्ताका लागि गाडी खोजेर पठाएका छौँ । खाना खर्च उहाँहरू आफैँले जुटाउनुहुन्छ । फर्किएपछि लागेको यातायात र खाना खर्च पालिकाको विपत् व्यवस्थापन कोषबाट तिर्छौं,’ भट्टले भने ।

यसैगरी, टीकापुर नगरपालिका–१ समितिपुरका बरघर अखिल थारू पाँच दिनदेखि नुवाकोटको बटारमा बसेर आफन्तको खबर पर्खिरहेका छन् । उनका दाजु मानबहादुर रसुवामा बेपत्ता भएपछि अखिल र छिमेकी विखराम चौधरी खोजीका लागि नुवाकोट पुगेका हुन् ।

रसुवा जाने बाटो अवरुद्ध भएकाले उनीहरू हेलिप्याड नजिकै बसेर हेलिकोप्टरमार्फत उद्धार तथा खोजीका गतिविधि भइरहेको हेर्ने र आफन्तबारे जानकारी लिने गरिरहेका छन् ।
‘रसुवा जाने बाटो छैन । बटारमा पुगेर हेलिप्याड नजिकै बसेका छौँ । हेलिकोप्टर आएपछि गएर हेर्ने, कोही आफन्तको उद्धार भयो कि भनेर बुझ्ने र फेरि कोठामा फर्किने गरेका छौँ,’ अखिलले भने ।

टीकापुर नगरपालिका–१ एकतापुरबाट पनि तेजुलाल चौधरी, पूर्णबहादुर खड्का, सन्तोष चौलागाईं र धना चौधरी काठमाडौँ हुँदै नुवाकोट पुगेका छन् । उनीहरू रसुवामा सम्पर्कविहीन भएका आशिष चौधरीको खोजीका लागि गएका हुन् । आशिषकी श्रीमती दिलकुमारी चौधरीले आफन्तहरू खोजीका लागि गएको बताइन् ।

आफन्तको खोजीमा जान चाहने परिवारलाई सहयोग गर्ने निर्णय टीकापुर नगरपालिकाले पनि गरेको छ । नगरपालिकाको विपत् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले आफन्तको खोजीमा जाने परिवारका सदस्यको यातायात खर्च बेहोर्ने निर्णय गरेको हो ।

आफन्तहरू सम्पर्कविहीन भएपछि खोजी तथा उद्धारका लागि आवश्यक पहल गरिदिन परिवारका सदस्यहरूले मंगलबार नगरपालिकामा पुगेर अनुरोध गरेका थिए ।

टीकापुर नगरपालिका क्षेत्रबाट मात्रै ३४ जनाभन्दा बढी कामदार तथा कर्मचारी रसुवा बाढीपछि सम्पर्कविहीन रहेको बताइएको छ । समितिपुर, एकतापुर, भूपू कमैया बस्ती, मनिकापुर र ज्योतिनगरलगायत क्षेत्रका नागरिक बेपत्ता छन् ।

बाढीपछि सुदूरपश्चिमका २०९ जना नागरिक सम्पर्कविहीन भएका थिए । तीमध्ये हालसम्म ५९ जना फेला परेका छन् भने १५० जना अझै बेपत्ता रहेको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार बाढीपछि सम्पर्कविहीन भएका नागरिकमध्ये ५९ जना सम्पर्कमा आएका छन् । बाँकी १५० जनाको खोजी तथा अवस्थाबारे जानकारी सङ्कलन गर्ने काम भइरहेको उनले बताए ।

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको थियो । रोजगारी तथा अन्य कामका लागि रसुवा पुगेका सुदूरपश्चिमका नागरिकसमेत बाढीबाट प्रभावित भएका छन् ।

आफन्तको कुनै खबर नआउँदा परिवारहरूमा चिन्ता बढ्दै गएको छ । सरकारी संयन्त्रबाट भइरहेको खोजीको परिणाम पर्खन नसकेर कतिपय परिवार भने आफैँ सम्भावित स्थानमा पुगेर आफन्तको अवस्था बुझ्ने प्रयासमा छन् ।

  • बेपत्ता
शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५१ मिनेट 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.