धनगढी- भारतबाट आउँदै गरेका बाजुराका एक युवक बेपत्ता भएका छन्। जिल्लाको खप्तड छेडेदह गाउँपालिका–२ मयागडाका अन्दाजी ३५ वर्षीय प्रेम रावत भारतको सिम्लाबाट घर फर्किरहेका बेला हल्दानीमा बेपत्ता भएका हुन्।
कार्तिक २ गते हल्दानी पुगेका रावत अहिलेसम्म पनि सम्पर्कमा नआएका पारिवारिक स्रोतले बताएको छ। बेपत्ता रावतलाई कसैले कहीँ कतै भेटाए नजिकको प्रहरीमा खबर गरिदिन आग्रह गरिएको छ।













