काठमाडौं – देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा आजको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेको छ ।
आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको मौसमविद्ले बताएका छन् । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।














