निर्देशक जि.बि आग्रीको निर्देशनमा तयार पारिएको म्युजिक भिडियो ‘रानीमाया’ सार्वजनिक भएको छ । ‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’ गीतमार्फत चर्चामा आएका गायक कृष्ण विकको स्वर रहेको गीतमा गायिका समीक्षा अधिकारीले साथ दिएकी छिन् । सार्वजनिक गीत ‘रानी माया’ बोलको गीतमा श्रीकृष्ण बम मल्लको शब्द रहेको छ भने सङ्गीत र ए रेन्ज कृष्ण बिकको रहेको छ ।
गीतमा गायक कृष्ण वि।क र अनु आचार्यले अभिनय गरेका छन् । गीतको मिक्स मास्टरिङ् श्याम स्वीट् रसाइलीले गरेका छन् । भिडियोको रङ्ग संयोजन रेनिस फागोले गरेका हुन् भने बनिश शाहले भिडियो सम्पादन गरेका छन् ।गीतको कोरियोग्रफर कबिराज गहतराज हुन् भने छायांकन सन्जय लामाले गरेका छन् ।
भिडियोको गीतलाई ओएस.आर डिजिटल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।













