धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (ख)का प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार क्षितिज भण्डारीको वडा नम्बर ६ मटियारीमा सम्पर्क कार्यालय खोलिएको छ । उम्मेदवार भण्डारीको समर्थन गर्दै स्थानीय युवाहरुको समूहले चुनावलाई लक्षित गर्दै वडामा सम्पर्क कार्यालय खोलेका हुन् ।
शुक्रबार विहान एक कार्यक्रमकाबीच उम्मेदवार भण्डारीले सम्पर्क कार्यालयको उद्घाटन गरे । स्थानीयको आग्रहमा नै वडा नम्बर ६ मा सम्पर्क कार्यालय खोलिएको उनले बताए । सम्पर्क कार्यालय उद्घाटन गर्दै उम्मेदवार भण्डारीले आफूलाई समर्थन गर्दै सम्पर्क कार्यालयसमेत खोलेर साथ दिएकोमा धन्यबाद दिए ।
सम्पर्क कार्यालय उद्घाटन कार्यालयमा कांग्रेसका पूर्व नेता प्रभाकर भण्डारीलगायतको सहभागिता रहेको थियो । भण्डारी स्थानीय तहको निर्वाचनमा धनगढी उपमहागनरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवार बनेका थिए । उनी अहिले स्वतन्त्र उम्मेदवार भण्डारीलाई समर्थन गर्दै प्रचार–प्रसारमा सक्रिय छन् ।
कार्यक्रममा बोल्दै उनले स्वार्थ केन्द्रित गठबन्धनलाई पराजित गर्दै स्वतन्त्रलाई विजयी गराउनुपर्ने बताए । देशलाई निकास दिने जिम्मा अब जनताको हातमा रहेको भन्दै विवेक प्रयोग गर्न आग्रह गरे ।













