काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री विपाशा वासु र करण सिंह ग्रोबरलाई पुत्रीलाभ भएको छ । उनीहरूले गत अगस्टमा मात्र आफूहरू आमा बुबा बन्न लागेको सार्वजनिक गरेका थिए ।
‘नयाँ समय, नयाँ चरण, नयाँ प्रकाशले हाम्रो जीवनको प्रिज्ममा अर्को अद्वितीय छाया थपेको छ , हामीलाई पहिले भन्दा अलि बढी पूर्ण बनाउँदै छ हामीले यो जीवन व्यक्तिगत रूपमा सुरु गर्यौँ र त्यसपछि हामी एक अर्कालाई भेट्यौँ र त्यसपछि हामी दुई थियौँ। दुई जनालाई धेरै माया गर्नु हाम्रो लागि अलिकति अनुचित देखिन्थ्यो‘ यति चाँडै, हामी जो पहिले दुई थियौँ अब तीन हुनेछौँ,’ जोडीले पोस्ट गरेका थिए।
त्यसपछि विपाशाले आफ्नो सामाजिक सञ्जाल मार्फत आफ्नो गर्भावस्थाको विभिन्न तस्बिरहरू अपलोड गर्दै आएकी थिइन् । विपाशाले एक अन्तरवार्तामा कोभिड महामारी अगाडि देखी नै आफूहरूले ‘बेबी प्लान’ गरिरहेको भएपनि कोभिडको कारणले योजना केही परिवर्तन भएको बताएकी थिइन् ।













