धनगढी – लायन्स क्लब अफ धनगढी सिटी र नवजीवन अस्पताल प्रा. लि .धनगढीको संयुक्त आयोजनामा नि: शुल्क स्वास्थ्य शिविरबाट ३७० जनाले स्वास्थ्य सेवा पाएका छन् । धनगढी -१३ श्रीलङ्का गाउँ स्थित नवज्योति आधारभूत विद्यालयमा शनिवार भएको शिविरमा नि: शुल्क स्वास्थ्य चेक जाँच र निःशुल्क औषधी प्राप्त गरेका हुन्।
निःशुल्क स्वास्थ्य शिविर विभिन्न मानिसहरूले सेवा लिएको आयोजकले बताएको छ । जसमा बिरामीले नि शुल्क स्वास्थ्य चेक जाँच र नि: शुल्क औषधी समेत प्राप्त गरेका छन् । निः शुल्क स्वास्थ्य शिविर बिहान ९ बजे देखी दिउँसो २ बजेसम्म रहको नवजीवन अस्पतालका सिइओ चक्र खडायतले जानकारी दिए ।
आयोजक लायन्स क्लब अफ धनगढीले पनि स्वास्थ्य शिविर आयोजना गर्न लागेको जानकारी दिएको छ । जस अनुसार विभिन्न बिरामीले स्वास्थ्य लाभ लिन सकिने जनाइएको छ।
चिकित्सा स्वास्थ्य सेवामा अर्थोपेडिक डाक्टर विदुरमणि ढकाल, स्त्री रोग विशेषज्ञ डाक्टर जय राम केसी, सामान्य चिकित्सक, जर्नल फिजिसियन डा राजु विष्ट, बाल रोग विशेषज्ञ डाक्टर विक्रम हीराचन, निःशुल्क भिडियो एक्स-रे पाठेघरको मुख को क्यान्सर स्क्रिनिङ प्याप स्मेयर जाँच पनि गरिएको छ ।
पेट छाती मुटु मधुमेह रोग विशेषज्ञ डा.राजु विष्टसहित डाक्टरहरूको टोली नवजीवन अस्पताल प्रा.लिबाट अपलब्ध रहेको जानकारी दिएको छ।























