काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलाको एक लाख एक हजार रुपैयाँ पुगेको छ ।
मंगलबार छापावाल सुन तोलाको एक लाख रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














