• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • ८ घण्टा 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन: अध्ययन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

  • ६. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

सुदूरपश्चिममा सरकार बनाउने सम्भावित पाँच समीकरण

  •   शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि कुनै पनि दलसंग स्पष्ट बहुमत छैन । सरकार बनाउन एक आपसमा समीकरण बनाउनुको विकल्प छैन । त्यही विकल्प नहुँदा प्रदेशमा अहिलेसम्म प्रदेश सरकारको नेतृत्व कसको हातमा जाँदैछ भन्ने निश्चित भइसकेको छैन । दलहरुबीच जस्तोसुकै समीकरण पनि बन्न सक्ने हुँदा कुनै निश्चित दलको नेतृत्वमा सरकार बन्छ भनेर आँकलन गर्नसक्ने स्थिति छैन ।
संघीय सरकार गठनका लागि बनेको दलहरुबीचको केन्द्रीय गठबन्धन प्रदेशमा नरहन पनि सक्छ । पछिल्लो घटनाक्रमले यही कुराको संकेत गरेको छ । केन्द्रमा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी अझै पर्ख र हेरको अवस्थामा छ । आफ्ना मागहरु सम्बोधन भएको अवस्थामा मात्रै सरकारमा रहने नभए बाहिरिने संकेत गरेको नागरिक उन्मुक्ति यता सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबेदार बनेको छ ।

अहिले सत्ता गठबन्धन भन्दा बाहिर रहेको नेकपा एकीकृत समाजबादी (एस) पनि पर्ख र हेरकै अवस्थामा छ । नेकपा एस यता प्रदेशमा पनि सोही अवस्थामा छ ।
केन्द्रमा सरकारको नेतृत्व गुमाएको नेपाली कांग्रेस यता प्रदेशमा भने सरकार गठनका लागि कसरत गरिरहेको छ । बुधबार मात्रै संसदीय दलको नेतामा निर्वाचित भएका नेता कमल शाहले सरकार गठनका लागि सबै दलसंग बार्ताको ढोका खुला राखेको बताएका छन् । यसले केन्द्रीय गठबन्धन विपरित पनि प्रदेशमा सरकार बन्न सक्ने संकेत गरेको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस १९, नेकपा एमाले १०, नेकपा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी १ सांसद छन् ।

सरकार गठनका लागि समीकरण एक मात्रै विकल्प भएको अवस्थामा यहाँ दलहरु त्यसको कसरतमा छन् । ५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन बहुमतका लागि २७ प्रदेश सभा सदस्य आवश्यकता रहन्छ । यसका लागि विभिन्न पाँचवटा समीकरण बनाउन सकिन्छ ।

यसरी बन्न सक्छन् पाँच समीकरण
बर्तमान गठबन्धनः एमाले–माओवादी–नागरिक उन्मुक्ति–राप्रपा
सुदूरपश्चिम प्रदेशमा केन्द्रीय सत्ता समीकरण अनुसार सुदूरपश्चिममा पनि सरकार गठन गर्न सकिन्छ । यसरी केन्द्रीय समझदारी अनुसार प्रदेशमा सहजै सरकार बनाउन सकिने स्थिति छ ।
यसका लागि दलहरुबीच सरकारको नेतृत्वदेखि सभामुख, उपसभामुखलगायतका पदहरु भगबण्डा हुनेछन् । नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरि २९ जना प्रदेश सभा सदस्य पुग्छ ।

पूर्वगठबन्धनः काँग्रेस–माओवादी–एस
प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन गठबन्धन गरेर निर्वाचित भएकाले सुदूरपश्चिममा काङ्ग्रेस, माओवादी केन्द्र र एसले पनि सरकार बनाउन सक्छन् ।
मुख्यमन्त्री माओवादी केन्द्रलाई दिएर र सभामुख तथा उपसभामुख अन्य दललाई दिने गरि सत्ता समीकरणको सम्भावना पनि रहेको छ । काँग्रेसका १९, नेकपा माओवादी केन्द्र ११ र एसका चार गरि ३४ प्रदेश सभाले स्पष्ट बहुमत रहेको छ ।

सम्भावित अन्य समीकरण

एमाले–माओबादी केन्द्र–नेकपा (एस)–राप्रपा–स्वतन्त्र
यस समीकरणमा मुख्यमन्त्री नेकपा एमाले वा माओवादी केन्द्रमध्ये एक दलले लिँदै अन्य पद पनि भागबण्डा गरेर पनि सरकार गठन गर्न सकिन्छ । यस समीकरणमा स्वतन्त्रको साथ जरुरी हुन्छ । नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका ११, एकीकृत समाजवादी पार्टीका ४, राष्ट्रिय प्रजातन्त्र पाटी र स्वतन्त्र सदस्य १÷१ गरि २७ जना प्रदेश सभा सदस्य पुग्छ ।
काँग्रेस–नागरिक उन्मुक्ति–स्वतन्त्र समीकरण
नेपाली काँग्रेस वा नागरिक उन्मुक्ति एक दलले मुख्यमन्त्री लिने गरेर पनि नयाँ समीकरण बन्छ । प्रदेशमा नेपाली काँग्रेसका १९, नागरिक उन्मुक्ति पार्टीका ७ र स्वतन्त्र १ गरि २७ जनाको सरकारको समीकरण बनाउन सकिन्छ ।

काँग्रेस–उन्मुक्ति–एस समीकरण
नेपाली काँग्रेस वा नागरिक उन्मुक्ति एक दलले मुख्यमन्त्री लिले गरि नेकपा एससंग मिलेर पनि सरकार बनाउन सकिन्छ । यसरी सरकार गठन गर्दा अन्य पद सहमतिमा बाँडफाँड गर्न सकिन्छ ।

यसरी नेपाली काँग्रेसका १९, नागरिक उन्मुक्ति पार्टीका ७ र एसका चार गरि ३० प्रदेश सभा सदस्य पुग्छन् । केन्द्रमा सरकारमा एस पार्टी सामेल नभएकाले यस समीकरणका आधारमा पनि सरकार गठन हुने सम्भावना रहेको छ ।

  • पाँच समीकरण
  • सुदूरपश्चिम
शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर
शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
कैलालीमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट, चार जना पक्राउ
८ लाख ३८ हजार रुपैयाँभन्दा बढीका भन्सार छलीका सामान बरामद
नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन: अध्ययन
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

समाचार

सबै

धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह

कैलालीमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट, चार जना पक्राउ

८ लाख ३८ हजार रुपैयाँभन्दा बढीका भन्सार छलीका सामान बरामद

धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह

कैलालीमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट, चार जना पक्राउ

८ लाख ३८ हजार रुपैयाँभन्दा बढीका भन्सार छलीका सामान बरामद

विशेष

सबै
शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • ८ घण्टा 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन:

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा

  • ६.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.