धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका ८ लाख ३८ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ।
कैलालीको भजनी नगरपालिका–५ कुटीबाट बुधबार साँझ इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरी टोलीले भन्सार छली गरी ल्याइएका विभिन्न सामान बेवारिसे अवस्थामा फेला पारेको हो। बरामद सामानमा भाँडावर्तन, बालबालिकाका खेलौना, कस्मेटिकलगायत सामग्री रहेका छन्। ती सामानको अनुमानित मूल्य ८१ हजार ७०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले ७ लाख ५६ हजार ८५० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।
प्रहरीका अनुसार बरामद सामानमा विभिन्न किसिमका कपडा, बिँडी, सुर्ती, पटका, मिठाई, मोबाइल डिस्प्ले, चार्जर, मोबाइल ग्लास, इयरफोन, स्मार्टवाच, मोबाइल ब्याट्री, मोबाइल स्पिकर, माछा तथा ब्रोइलर कुखुरालगायत सामग्री रहेका छन्।
प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी सामान नियन्त्रणमा लिएको जनाएको छ।
८ लाख ३८ हजार रुपैयाँभन्दा बढीका भन्सार छलीका सामान बरामद
८ लाख ३८ हजार रुपैयाँभन्दा बढीका भन्सार छलीका सामान बरामद
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार























