एजेन्सी – बिहान, दिउँसो होस् वा बेलुकाको चिया पिउँदा साथमा टोस्ट वा रस चोबेर खाने बानी धेरैको हुन्छ । भोक लागेको होस् वा नहोस् चियासँग केही खाने बानी हुन्छ जसमा प्रायः टोस्ट हुने गर्दछ ।
तर केहीबेरमै तपाईंको भोक मेटाउने यस टोस्ट खानुका केही बेफाइदाहरु पनि छन् । खासगरी टोस्ट र चियाको समायोजन तपाईंको स्वास्थयका लागि हानिकारक हुन सक्छ । टोस्टमा ग्लुटेन, रिफाइन्ड आटा तथा चिनी समावेश गरिएको हुन्छ ।
जो तपाईंको स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । आउनुहोसु जानौं ति बेफाइदाहरुका बारेमा ।
मोटोपन हुने खतरा
टोस्ट खाँदा तपाईंमा खानाप्रतिको लोभ बढ्दै जान्छ, जसले गर्दा मोटोपन बढ्ने सम्भावना हुन्छ । साथै टोस्टमा पाइने चिनी र मैदा पनि तपाईंको मोटोपनको कारण बन्न सक्छ ।
टोस्टमा कुनै पोषक तत्व पाइदैन
टोस्ट खानुका कुनै पनि फाइदाहरु छैनन् । यति मात्र हो यसले तपाईंको भोक मेट्न सक्छ । यसमा कुनै पनि खालको पोषक तत्वहरु पाइँदैन । जसकारण यसलाई खाँदा शरीरका कुनै भागहरु सुन्निने पनि हुन सक्छ ।
यसलाई बनाउनमा पनि मैदाको प्रयोग गरिन्छ जसमा कुनै फाइबर वा पोषक तत्व हुँदैन । यसलाई धेरै समय बचाउनका लागि विभिन्न क्यामिकलहरु पनि प्रयोग गरिएको हुन्छ जसले तपाईंको स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ ।
मधुमेह बढ्न सक्छ
टोस्टमा हुने चिनी, मैदा तथा ग्लुटेन आदिको मिश्रणले शरीरमा विभिन्न समस्याहरु ल्याउन सक्छ । मधुमेहका विरामीले यसलाई खाँदा मधुमेह थप बढ्न सक्छ । यसले रगतमा चिनीको मात्रा बढाउँछ ।
कब्जीयत हुन सक्छ
नियमित रुपमा टोस्टको सेवन गर्नाले कब्जीयतको समस्या निम्तिन सक्छ । यसको नियमित सेवनले आन्द्रामा विकारहरु जम्मा हुन थाल्छन् । जसले गर्दा कब्जीयत, अपच जस्तो समस्याहरु देखिन्छ ।
यस्तो समस्या बढ्दै गयो भने शरीरको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउन सक्छ ।























