• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

ध्यान के हो ? किन गर्ने ?

  •   बुधबार, फागुन २४, २०७९ मा प्रकाशित

काठमाडौं- तपाईको स्वभाव कस्तो छ ? कुनैपनि कुरा एकाग्र भएर गर्न सक्नुहुन्न रु जति पढेपनि तपाईले पढेको कुरा सम्झन गाह्रो हुन्छ ? तपाईलाई आफ्नै जीवन देखेर दिक्क लाग्छ रु सानो कुरामा पनि तनाव धेरै हुन्छ ?

यदी यस्ता समस्याहरूमा पीडित हुनुहुन्छ भने यी समस्याबाट छुट्कारा पाउने सजिलो उपाय हो नियमित रुपमा ध्यान गर्नु ।

तपाई हाम्रो काम, जीवनलाई सफल बनाएर खुसी रहन चाहनुहुन्छ भने दैनिक रुपमा ध्यान गर्ने बानी बसाल्नुस् । दैनिक रुपमा ध्यान गर्दा तपाईको जीवनशैलीमा सकारात्मक परिवर्तनहरु आफै आउने छन् ।

ध्यान बस्नु भनेको कुनै पनि कुरामा एकाग्र हुनु भनेर सोच्छौं हामी । तर, ध्यानको अर्थ त्यस्तो होइन । चलनचल्तीमा मेडिटेशन भनिने ध्यानको अर्थ र महत्त्व निकै गहन छ ।

जापानीहरुका झेन र चीनको च्यान शब्द नै ध्यानको अपभ्रंस शब्द हो । अंग्रेजीमा ध्यानलाई मेडिटेशन पनि भन्ने गरिन्छ । ध्यानलाई जे जसरी सम्बोधन गरे पनि यसको मुख्य अर्थ भनेकै जागरुकता, जनचेतना, होस, साक्षी भाव तथा दृष्टा भाव हो । योगमा विभिन्न अंगहरु हुन्छन् । जसमध्ये आठौ अंग हो, ध्यान । ध्यानमात्र यस्तो तत्व हो जसलाई मानिसहरुले स्वतः स्फूर्त रुपमा सध्रने विधिका रुपमा उपयोग गर्छन् । जबकि योगका अन्य अंगहरुमा यो नियम लागू हुँदैन ।

यसकारण ध्यान आवश्यक

ध्यान मनको साधना हो । मन वा चित्त अत्यन्त अस्थिर छ । मनमा चिन्ता, डर, रिस, ईष्र्या, घमन्ड, निराशा, असुरक्षा, दोषीभाव, राग, लोभ, वासना आदि विभिन्न विचार आउँछन् । ध्यानले मनको चञ्चलतालाई स्थिर बनाउँछ । दिनप्रतिदिन मानिसको दैनिकी व्यस्त बन्दै गएको छ । त्यसैले मानसिक तनाव पनि बढ्दो छ । यसलाई नियन्त्रणमा लिन ध्यान गर्नु आवश्यक छ । ध्यानले कर्ममा कुशलता, व्यवहारमा सकारात्मकता, भाव र विचारमा स्थिरता, शुद्धीकरण एवं आनन्द र आत्मामा चेतनाको विकास हुन्छ । यसको अन्तिम लक्ष्य भनेको आनन्द प्राप्ति, चेतनाको जागरण र आत्मालाई परम् चैतन्यसँगको एकता गर्नु हो ।

आजकल ध्यानलाई बहुआयामिक लाभका लागि अपनाउने गरिन्छ । ध्यानले मस्तिष्क तथा स्नायु प्रणालीमा विशेष प्रभाव पार्छ । यसले पारासिम्पेथेटिक प्रभाव पार्छ । यसबाट मुटुको चाल, मस्तिस्कको तरंग, श्वासको गतिलगायत ग्रन्थि आदिलाई शान्त पार्ने भएकाले मुटु, रक्तनली, हार्मोन आदिमा विशेष लाभ दिन्छ ।

ध्यानले रोग प्रतिरोधक क्षमता बढाउने र दुखाइका समस्या घटाउने गर्छ । ध्यानको अभ्यासले मानसिक कारणले उत्पन्न हुने शारीरिक समस्या वा शारीरिक कारणले जन्मिने मनोसमस्यामा निकै लाभ प्राप्त हुन्छ । ध्यानले मनमा उठ्ने भय, निराशा, दोषबोध, हीनताबोध, रिस, ईष्र्या, लोभ, घमन्ड, असन्तुष्टि आदि नराम्रा भावहरू हटाउँछ र अनिद्रा, तनाव, चिन्ता, डिप्रेसन आदि समस्याहरू कम गर्छ । साथै, तनाव चिन्ता आदि मानसिक समस्याहरूको व्यवस्थापन गर्छ, व्यक्तिमा भएको नकारात्मक सोच कम गरी सकारात्मक बनाउँछ । व्यक्तिको सोच र निर्णय क्षमतामा राम्रो प्रभाव पार्दछ । ध्यानको अभ्यासबाट स्मरणशक्ति, अध्ययनशीलता विकास हुन्छ । ध्यान गर्ने व्यक्तिमा करुणा, प्रेम, आत्मीयता, सद्भाव र सद्गुणको विकास हुन्छ । त्यसैले ध्यानी व्यक्ति शान्त, मिलनसार, मृदुभाषी, सहयोगी र समायोजित व्यवहार गर्न सक्ने हुन्छ । सामाजिक रोग, कुसंस्कार र समस्याहरूबाट ऊ मुक्त रहन्छ ।

यसरी ध्यान गर्दा राम्रो

ढाडलाई सीधा राखी सजिलो स्थितिमा बसौं । काँधलाई तनावरहित छाडौं । बूढी औंला र चोर औंलालाई एक अर्काले छोएर बनेको ध्यान मुद्रामा हातलाई तिघ्रामाथि राखौंं । लामो श्वास विस्तारै लिऔं, सहज रुपले श्वासले फोक्सो भरिँदै जाओस्, श्वास तान्न बाँकि नरहेपछि विस्तारै श्वास छोडौं । यो दुई मिनेटसम्म लगातार गरौँ ।

त्यसपछि सेकेन्डको गन्तीमा १, २, ३, ४, ५ सम्म गन्दै श्वास तान्दै फोक्सोलाई वायुले भरौँ । ५ सम्मको गन्तीमा आइपुगेपछि श्वासलाई भित्रै राखौं अनि मनमनै १, २, ३, ४, ५ गन्दै भित्रै श्वास रोकौं । फेरि १, २, ३, ४, ५ गन्दै श्वासलाई बाहिर फालौँ । फेरि मनमनै १, २, ३, ४, ५ गन्दै श्वास बाहिर फालेकै स्थितिमा रहौँ । फेरि १, २, ३, ४, ५ सम्म गन्दै श्वास तान्दै फोक्सोलाई वायुले भरौँ । फेरि माथि उल्लिखित रुपले यही तरिकाले करिब १५ चोटी यसको अभ्यास गरौं ।

त्यो अभ्यासपछि आइरहेको गइरहेको श्वासलाई महसुस गरी शान्त बसौँ । विचारको आउनेजाने क्रमलाई हस्तक्षेप नगरी निरपेक्ष स्थितिमा ध्यानमा बसौं । यस्तो तीन मिनेटसम्म गर्न सकिन्छ ।

(गुञ्जन ध्यान-ढाडलाई सिधा राखी सजिलो स्थितिमा बसौं । काँधलाई तनावरहित छाडौं । बूढी औँला र चोर औँलालाई एक अर्काले छोएर बनेको ध्यान मुद्रामा हातलाई तिघ्रामाथि राखौँ । लामो श्वास विस्तारै लिऔं, सहज रुपले श्वासले फोक्सो भरिँदै जाओस्, श्वास तान्न बाँकी नरहेपछि विस्तारै श्वास छाडौं । यो दुई मिनेटसम्म गर्न सकिन्छ ।

जिब्रोको पूरै माथिको सतहलाई तालुमा हल्का रुपले जोडौँ । विस्तारै ओठहरु बन्द गरी ह‘ म‘को आवाजलाई ४/५ मिटरको दूरीसम्म सुनिने गरी भित्रभित्रै गुञ्जन गरौंं । यस्तो पाँच मिनेट गर्न सकिन्छ ।

यसबाट उठ्ने कम्पनहरू दुई दिशामा प्रवाहित हुन थाल्छन् । ह‘म‘को तरंग जिब्रोद्वारा मस्तिष्कतिरको दिशामा बहन थाल्छ भने कण्ठबाट तल हृदयतिर पनि बहन थाल्छ । यो अभ्यासको दौरान माथि मस्तिष्कतिर प्रवाहित गुञ्जनका कम्पनहरुले मनलाई शान्त बनाउँछन् भने तल हृदयतिर फैलिने कम्पनले भावनाहरुलाई सन्तुलित बनाउन मद्दत गर्छन् । यो ध्यानको विधि जहाँसुकै जुनसुकै बेला पनि आफ्नो सुविधा अनुसार प्रयोग गर्न सकिन्छ । सुत्नुअघि यो अभ्यास गर्नाले अनिद्राको समस्याबाट छुट्कारा पाउन सकिन्छ । (ध्यान बिधि ओशो तपोवनका आवसीय ध्यान प्रशिक्षकबाट लिइएको)

  • ध्यान
बुधबार, फागुन २४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
डा.केसी पक्ष र सरकारबीच वार्ता हुँदै

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.