काठमाडौँ- सुनको मूल्य एक सातामा ६ हजार रुपैयाँले घटेको छ । गत माघ १९ गते १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य बुधबार (आज) प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
्
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागेसँगै नेपालमा पनि मूल्य घटेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ४५ रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।













