काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई सरकारले संघीय मन्त्रीस्तरको निजी सुरक्षा गार्ड ९पीएसओ० को सुविधा दिएको छ । चौधरीको सुरक्षाका लागि सरकारकै निर्देशनमा प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक ९असई० खटाएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर कलवापुरमा कार्यरत असई गौरीशंकर चौधरीलाई प्रहरी प्रधान कार्यालयले रेशमको पीएसओमा पठाएको हो । आश्चर्यको कुरा त प्रदेश मन्त्रीहरूले समेत पीएसओको रूपमा हवल्दार मात्रै सुविधा पाउने व्यवस्था छ । तर, चौधरीलाई भने संघीयमन्त्रीसरह पीएसओको सुविधा दिइएको छ ।
आफूले पीएसओ लिएको बारे चौधरीले भने कुनै प्रतिक्रिया दिन मानेनन् । उनले भने, ‘मलाई कुनै जानकारी छैन । सम्बन्धित निकायमा सोध्नुहोला ।’ ७ भदौ २०७२ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।
सोही घटनामा रेशमलाई दोषी ठहर गर्दै आजीवन काराबासको सजाय सुनाएको थियो । तर, १५ जेठमा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद सजाय माफी दिएपछि चौधरी जेलबाट मुक्त भएका थिए । राष्ट्रपतिको उक्त कदमको चौतर्फी विरोधसमेत भएको थियो ।














