धनगढी– नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य राजेश भण्डारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।
बुधवार धनगढीमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा भण्डारी राप्रपामा प्रवेश गरेका हुन् ।
उनलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले खादा, टिका र माला लगाएर पार्टी प्रवेश गराएका हुन् ।














