धनगढी- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली आइपुगेका छन् । आज धनगढीमा हुने चार दलिय समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधन गर्न प्रधानमन्त्री दाहाल यहाँ आइपुगेका हुन् । यस सँगै प्रधानमन्त्री दाहाल अन्य कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ ।
प्रधानमन्त्री दाहाल लम्की पुगेर माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष स्वर्गीय कृष्ण बडुवाल ‘महेश’को श्रद्धाञ्जली सभामा सहभागी हुने,त्यसपछि घोडाघोडी बहुमुखि क्याम्पसको सिलान्यास,गौरीगंगा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन पछि सन्देश सभामा सहभागी हुने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।
यसअघि दुईपटक स्थागित भएको समाजवादी मोर्चाको सन्देश सभालाई आज प्रधानमन्त्री दाहाल,नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल,जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने जनाइएको छ ।














