धनगढी । कञ्चनपुरमा अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
जिल्लाको लालझाडी गाउँपालिका-१ नौरङ्गाबाट २ ग्राम ७५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँका २२ वर्षीय मनिष राना, २२ वर्षकै श्रवण राना र २४ वर्षीय रोहित राना पक्राउ परेका हुन् ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी परासन कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ शंकाका आधारमा जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेपछि तीनै जनालाई पक्राउ गरेको जनाएको छ ।
सो बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।























