• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

बझाङका भूकम्प पीडितको गुनासो

  •   शनिबार, कार्तिक ०४, २०८० मा प्रकाशित

बझाङ- बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरका ७१ वर्षीय बलबहादुर सुनारका बुढाबुढी सदरमुकाम चैनपुरको एक छेउमा त्रिपालमुनि बस्छन् । चाडपर्व नजिकिँदै गर्दा र बिस्तारै चिसो मौसम सुरु हुँदा भूकम्प पीडित उनीहरूलाई कष्टकर जीवन बिताउनुपर्ने बाध्यता छ ।

नेपालीलाई दशैँको रौनकले छोइरहँदा भूकम्प पीडितको बस्तीमा खाने, लाउने र बासकै पिरलो छ । बलबहादुरको पनि यस्तै पिरलो छ । चाडपर्व मनाउने मान्छेको चहलपल र खुशीयाली छाइरहँदा बलबहादुर भने निराश बनेका छन् ।

असोज १६ गते गएको भूकम्पले घर भत्काइदिएपछि उनी त्रिपालमा सरे । दशैँको रौनक छाएसँगै सदरमुकाम चैनपुरमा सामान किन्नेको चहलपहल बढे पनि बलबहादुरका परिवारलाई भने दशैँको रौनकले छोएको छैन । भूकम्पको त्रासमा बलबहादुर त्रिपाल नजिकै निधारमा हात लगाएर बसिरहेका थिए ।

घर नै नरहेपछि बलबहादुरको गुजारा त्रिपालबाटै चल्दै आएको छ । भूकम्पले घर भत्किएपछि निरास हुनुभएका बलबहादुरका बुढाबुढीलाई दशैँको उमंगले भने छोएको छैन । उनले भने, ‘भूकम्पले गर्दा दशैँ आए–नआएको कुनै अनुभव नै भएको छैन् । मनमा खल्लो भएपछि दशैँ आएको र नआएको एउटै हो । दुःख, पीडामा छौं, बस्ने बास छैन ।

यही पालभित्र बसेका छौं । केटाकेटीहरूलाई चिसो लागेर ज्वरो आएको छ । बेलाबेला भूकम्पले तर्साइ राखेको छ । मनमा खुशी भए पो १ जमरा राख्ने टीकाटालो गरौं भन्ने हुन्थ्यो । त्यो खुशी छैन । बस्ने बासै छैन भने, के दशैँ के तिहार रु बेलाबेलाको पराकम्पनले मुटु नै झस्किन्छ ।’

उहाँ भन्नुहुन्छ, ‘दशैँ मनाउनलाई खानेकुरा छैन् । अलिकति युवाहरूले चामल दिएका थिए, त्यो पनि सकियो । अब दैनिक ज्यालादारी गरेर जीविका चलाउने हामीहरूले कसरी घर बनाउनु र जमरा उमारेर दशैँ मनाउनु रु’ उनले भने, ‘प्रधानमन्त्री, मुख्यमन्त्री, मेयर आएर छिट्टै राहत दिन्छांै भनेको पनि १८ दिन भइसक्यो । न राहात आयो न प्रधानमन्त्री आए, न मुख्यमन्त्री आए, न मेयर ।’

खुलामञ्च नजिकै रहेको बलबहादुरको घर भूकम्पले चिराचिरा पारेको छ । उनी भन्छन्, ‘दशैँ मनाउन त सरकारले राहत दिन्छ कि भन्ने आस थियो । अब त्यो पनि सक्कियो ।’ बझाङमा भूकम्पका कारण जिल्लाका १२ हजार ३७६ वटा घर तथा भवनमा क्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका १२ वटै पालिकाबाट प्राप्त विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको छ ।

जिल्लामा पूर्ण, आंशिक र सामान्य क्षति भएका १२ हजार ३७६ घर तथा भवन छन् । जिल्ला विपद् व्यवस्थापन समितिको विवरणअनुसार जिल्लामा दुई हजार ४४५ घरमा पूर्ण क्षति पुगेको छ । ६ हजार ८४ आंशिक र तीन हजार ५२४ घरमा सामान्य क्षति पुगेको छ । भूकम्पबाट १२३ वटा सरकारी भवन तथा कार्यालय पूर्ण क्षति र १५२ भवनमा आंशिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । जलविद्युत्, शौचालय, सामुदायिक भवनतर्फ ५० वटामा क्षति भएको छ ।

 

  • भूकम्प पीडित
शनिबार, कार्तिक ०४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.