• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • ५ घण्टा 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन: अध्ययन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ७. धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

दुई दशकदेखि ‘राजेन्द्र गुरु’ कै वरिपरि कुस्ती पदक

  •   शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित

महेन्द्रनगर- विसं २०५७ सम्म स्कुलस्तरको जुनियर राष्ट्रिय फुटबल खेलेका कञ्चनपुरको भीमदत्त नगरपालिका–५ वनगाउँका राजेन्द्र चन्दले फुटबलको यात्रा बिट मारेको वर्ष दिनमै कुस्ती खेलबाट सुदूरपश्चिमका लागि राष्ट्रिय कुस्ती प्रतियोगितामा पहिलो रजत पदक दिलाए ।

विसं २०५८ मा भएको कुस्तीको राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमका लागि पहिलो रजत पदक दिलाएका चन्द फुटबलमा पनि अब्बल खेलाडी कहलिन्थे । “खेलाडीरप्रशिक्षकको त्यो बेलाको विवादले फुटबल छाडेर गाउँकै नरेन्द्र खत्रीको प्रेरणाबाट कुस्तीमा आए”, उनले भने, “महेन्द्रनगरमा श्यामसिंह थापा गुरुको प्रशिक्षणमा रहेको वर्ष दिनमै पदक ल्याए ।”

विसं २०६५ मा कुस्तीको करार प्रशिक्षक नियुक्त भएपछि पनि राष्ट्रिय प्रतियोगितामा खेलेका चन्दले पछिल्लो समय मुलुककै इतिहास रच्ने गरी अब्बल खेलाडी उत्पादनका सफल प्रशिक्षक सावित भएका छन् । सुदूरपश्चिमबाट पहिलोपटक नवौँ दक्षिण एसियाली खेलकुदमा सहभागी भएका चन्दले राष्ट्रियस्तरमा भएका प्रतियोगितामा तृतीय हुनुपरेन ।

हाल कञ्चनपुरमा कुस्ती प्रशिक्षणमा रहेका चन्दले सक्रियता र खेलप्रतिको मेहनतकै कारण सुदूरपश्चिम कुस्तीका लागि मुलुकमै अब्बल भएको उनले प्राप्त गरेका पदकबाट सावित भइसकेको छ । विसं २०७४ मा हेटौँडामा भएको राखेप च्याम्पियनसिपबाट कञ्चनपुरका कुस्ती खेलाडीले स्वर्णको वर्षा गराउन थाले । जुन अहिले पनि निरन्तर छ ।

“विसं २०७४ मा पाँच स्वर्ण र एक रजत जितेको कञ्चनपुरले नवौँ बृहत् राष्ट्रिय खेलकुदमा पाँच स्वर्ण, रजत र काँस्य जितेको थियो ।” नवौँमा सुदूरपश्चिमले जितेको कूल दश स्वर्णमध्ये पाँच कुस्ती खेलका खेलाडीले स्वर्ण जितेपछि आफूलाई सुदूरपश्चिमको अब्बल खेलाडी सावित गरिसकेका छन् ।

विसं २०५८ मा खेल जीवनमा रहेका बेला पदक दिलाएका गुरु चन्दले प्रशिक्षणमा रहँदा कुनै प्रतियोगितामा खेलाडी पदकविहीन अवस्थामा फर्किनु नपरेको बताउँछन् । “१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा कुस्तीमा सहभागी १४ जना खेलाडीमध्ये सात जना कञ्चनपुरका थिए”, चन्दले भने, “त्यो खेलमा नेपालले पहिलोपटक दिलाएको स्वर्ण विजेता सङ्गीता धामी पनि हाम्रै उत्पादन हुन ।”

महेन्द्रनगरस्थित भृकुटी माविमा अध्ययनरत रहेका सङ्गीता धामीलाई प्रशिक्षक चन्दले नै कुस्ती खेलमा सहभागी गराएका थिए । “१३ औँ साफमा सङ्गीताले स्वर्ण जित्दै इतिहास रच्नुका साथै कुस्तीमा सुदूरपश्चिमको सफलता देखाइन्”, चन्दले भने, “त्यो एउटा गुरुका लागि शब्दमा व्यक्त गर्न नसकिने खुसीको क्षण थियो ।” २०७४ सालयता राष्ट्रिय प्रतियोगितामा कुस्तीमा कञ्चनपुरले बर्चस्व कायम गर्दै आएको अभिलेख छ ।

“अहिले पनि खेल पूर्वाधार र खेल सामग्री बिना दश जना खेलाडी प्रशिक्षणमा छन्”, चन्दले भने, “पुराना सबै खेलाडी विभागीय टिम छरिएर खेल्दै छन् ।” कञ्चनपुरमा कुस्ती खेलमा पुरुषभन्दा महिला खेलाडीले बढी पदक दिलाएको अभिलेखसमेत छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति बटुलेका खेलाडी सङ्गीता धामी, मनिषा सिंह, सुरेश चुनारा, निर्मला जाग्री, अम्बिका भण्डारी, विमल सुनार, रेखा रावल, सन्तोष एसके, निर्मला जाग्री र सिवाङ्गी दुबे प्रशिक्षक चन्दकै उत्पादन हुन ।

कुस्तीमा केही समययता उर्वर भूमि मानिएको कञ्चनपुरमा निर्माणाधीन प्रशिक्षण केन्द्र भने अलपत्र छ । “हल निर्माणको काम प्रभावित भएको दुई वर्ष भइसक्यो”, चन्दले भने, “चालु आवमा दश लाख प्रदेश सरकारले विनियोजन गरेको छ ।” पन्ध्र वर्षदेखि कुस्तीमा प्रशिक्षण गरेर सुदूरपश्चिमको नाम राख्दै आएका चन्दको जागिरे जीवन भने सन्तोषजनक छैन ।

“पन्ध्र वर्षदेखि करारमा रहँदा भविष्य कता जाने भन्ने नै भएन”, चन्दले भने, स्थायीका लागि कुनै सुरसार छैन”, उनले खेलकुदमा राज्यलाई पदक दिलाउने प्रतिभावान् खेलाडीको रोजगारीसहित भविष्य सुरक्षित बनाउने जिम्मेवारी राज्यले गम्भीर भएर लिनुपर्ने बताए । रासस

 

 

  • कुस्ती पदक
शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर
शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
कैलालीमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट, चार जना पक्राउ
८ लाख ३८ हजार रुपैयाँभन्दा बढीका भन्सार छलीका सामान बरामद
नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन: अध्ययन
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

समाचार

सबै

धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह

कैलालीमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट, चार जना पक्राउ

८ लाख ३८ हजार रुपैयाँभन्दा बढीका भन्सार छलीका सामान बरामद

धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह

कैलालीमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट, चार जना पक्राउ

८ लाख ३८ हजार रुपैयाँभन्दा बढीका भन्सार छलीका सामान बरामद

विशेष

सबै
शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • ५ घण्टा 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन:

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.