काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य घटेर कारोबार भइरहेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेर कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ६०० रुपैयाँमा करोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।













