धनगढी ।कैलाली र कञ्चनपुरका बिभिन्न स्थान बाट प्रहरीलेअबैध भन्सार छलिका सामान बरामद गरेको छ । धनगढीलब्लिचोक, १३ राजपुरचोक, र टिकापुर १ लम्की पुल स्थित भित्रि सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य १२,२४,८००।– बराबरको प्याज, चिनी, बिडी, प्लाष्टिक झिल्ली, खानेतेल, कुर्ति ९७० पिस, साडी ९७७ पिस, सुट ९४८६ पिस, कुर्ती सेट ९१६० पिस, सेण्डो ९१३० पिस र सु प प्र ०१००१ स ४७७९ नम्बरको अटो थान १ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै भिमदत्त नपा १० जिमुवा जाने बाटो नजिक, बेलौरी नपा १ फटैया बैसाखी, पुनर्वास नपा ४ “घ” गाँउ, ऐ ९ धनसिंग र ऐ ११ डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु१,७६,३८०।– बराबरको पेय पदार्थ, स्कुलको टाई, बेल्ट, बेल्टको कडा, टाइल, नल्काकोडोल्ची, वासर,ग्या सको रेगुलेटर, ग्यासको बर्नर, ग्यास पाइप, माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।













