कैलाली । पनिमाडुबेर बालकको मृत्यु भएको छ । बुधबार साँझ कैलाली, जानकि ९ सुकुमवासि टोल स्थित मामाको घर आई आगनमा खेलिरहेको अवस्थामा हराई खोजतलास गर्दा लम्किचुहा २ चौरी बस्ने खेमराज सुनारको छोरा बर्ष ३ को बखत सुनार को मृत्यु भएको हो । उनी घर नजिकै रहेको कुलरिया नहरको इन्टेकमा मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













