कैलाली । अपरचितको ढुङ्गा प्रहारबाट एक जनाको मृत्यु भएको छ भने ढुङ्गा प्रहार गर्ने लाई प्रहरीले प्रकाउ गरेको छ । बुधबार साँझ कञ्चनपुर, बेलौरी ६ बिद्यानगर बस्ने बर्ष ६४ को लक्षि चन्द सोही ठाउँ स्थित बाटोमा हिडीरहेको अवस्थामा अपरिचित ब्यक्तिले गरेको ढुङगा प्रहारबाट गम्भिर घाईते भई प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी हुँदै थप उपचारको लागि निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको, हो । ढुङ्गा हान्ने व्यक्ति बर्ष ३५ को महेश भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले सोही नगरपालिका स्थित दुङ्लीबाट पक्राउ गरेको, जनाएको छ । घटनासम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।













