कैलाली । जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फराररहेका ब्यतmी लाई प्रहरीले प्रकाउ गरेको छ । जरिवाना ठहर भई फरार रहेका ब्यतmीलाई बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली बाट खटेको प्रहरी टोलीले पक्राउ गरेको हो । बिना ईजाजत वनपैदावार ओसार पसार मुद्दामा रु ३३,८५३।– जरिवाना ठहर भएका बर्दगोरिया ५ बस्ने बर्ष २८ का कर्ण बहादुर कार्की , वनपैदावार ओसार पसार मुद्दामा रु२५,१९७ जरिवाना ठहर भएका बर्दगोरिया १ बस्ने बर्ष ४४ को कमलेस कुमार कठरिया , चोरी मुद्दामा रु ५,२००, जरिवाना ठहर भएका गोदावरी २ बस्ने बर्ष २१ को गणेशपार्की चेक अनादर मुद्दामा रु१,००० जरिवाना ठहर भएका गोदावरी २ बस्ने बर्ष ३२ कि निलम जोशी , चेक अनादर मुद्दामा रु ५०० जरिवाना ठहर भएका धनगढी ५ बस्ने बर्ष ३३ को चक्र बहादुर कलेल रहेको प्रहरीले जनाएको छ ।













