काठमाडौं । पूर्व प्रहरी कर्मचारी परिषद् नेपालको १२ औं साधारण सभा शुक्रबार सम्पन्न भएको छ । अवकाश प्राप्त प्रहरी उपरीक्षक चिन्त बहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा उनले प्रहरी सेवामा रहँदा आफ्नो अनुभव बारे चर्चा गरे । कार्यक्रममा अवकाश प्राप्त प्रहरी उपरीक्षक चिन्त बहादुर श्रेष्ठ लगायत ७५ वर्ष माथिका अवकाश प्राप्त प्रहरीहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई र प्राविधिक प्रहरीअतिरिक्त महानिरीक्षक डा.ं आशा सिंहले शुभकामना सहित मन्तव्य व्यक्त गरे ।
परिषद्का अध्यक्ष अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक रमेश कुमार श्रेष्ठकोअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपत्यका संयोजक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक शारदा भट्ट रंजितले स्वागत मन्तव्य व्यक्त गरेका थिय भने केन्द्रीय महासचिव अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक गुप्त बहादुर श्रेष्ठले २०७९र०८० को कार्य प्रगति प्रतिवेदन, कोषाध्यक्ष अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक केशवराज भट्टराईले २०७९र०८० को लेखापरीक्षण तथा आयव्यय प्रतिवेदन र केन्द्रीय महासचिव सनन्दन प्रसाद कुर्मीले २०८०र०८१ को कार्य योजना प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा नेपाल प्रहरी अस्पताल महाराजगंबाट खटिएको चिकित्सकीय टोलीलेअवकाश प्राप्त प्रहरी कर्मचारीहरूको स्वास्थ्य परिक्षण गरेको थियो । उक्त कार्यक्रममा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो ।













