धनगढी । कैलालीमा प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
बिहीबार जिल्लाका लम्कीचुहाबाट उनीहरूलाई पक्राउ गरेको हो ।
लम्कीचुहा नगरपालिका-४ खल्लाबाट खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय भरत डम्बर पालसहित २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी,लम्कीचुहा नगरपालिका-४ बस्ने वर्ष १९ को शेरे भन्ने सुरेश भण्डारीलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्रामसहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।













