कैलाली । प्रहरीले लागु औषध सहित ३ जनालाई प्रकाउ गरेको छ । शुक्रबार साँझ वडा प्रहरी कार्यालय महेन्द्रनगर बाट खटिएको प्रहरी टोलीले जिल्ला बझाङ, खप्तड छान्ना गापा ३ घर भई हाल जिल्ला कञ्चनपुर, भिमदत्त ४ बसपार्क स्थित कोठा गरि बस्ने बर्ष २८ को सुजल खड्काको कोठामा ६ बस्ने बर्ष २९ को गणेश बिक र १५ बस्ने बर्ष २७ को प्रकाश भण्डारी समेत ३ जनालाई प्रहरीले प्रकाउ गरेको हो ।
शंकास्पद रुपमा बसिरहेको अबस्थामा खान तलासी गर्दा प्रकाश भण्डारीको साथबाट लुकाई छिपाई राखेको अबस्थामा ०।०९ ग्राम र खाटमुनि फालेको अवस्थामा १।१८ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ र निजहरु तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले ३ जनालाई पक्राउ गरेयो
प्रहरीले ३ जनालाई पक्राउ गरेयो
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













