• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज १६, २०८३
☰
शुक्रबार, असोज १६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५२ मिनेट 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ३. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ४. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ६. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ७. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ८. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • ९. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • १०. अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

बाढी पहिरोको जोखिममा परेकालाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न सांसदहरूको माग

  •   सोमबार, असार २५, २०८१ मा प्रकाशित

काठमाडौँ । बाढी, पहिरो प्रभावित तथा जोखिममा परेकालाई तत्काल उदार र उचित राहतको व्यवस्था गर्न सरकारसँग सांसदहरूले माग गरेका छन् । सोमवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदहरूले सरकारसँग यस्तो माग गरेका हुन् । उनीहरुले अविरल वर्षाको कारण देशभर बाढी पहिरोको गएकाले त्यसबाट प्रभावित जनतालाई तत्काल राहत र उद्धारको व्यवस्था गर्न माग गरे ।उनीहरुले सरकारले विपद् जोखिमको लागि उचित राहत र उद्धारको लागि राम्रो व्यवस्था नदेखिएको भन्दै प्रभावित क्षेत्रका जनतालाई तत्काल उद्धार गर्न माग गरे । नेकपा ९एकीकृत समाजवादी०का सांसद शेरबहादुर कुँवरले शनिवारको बाढी पहिरोबाट भएको मानवीय र सम्पत्तिमा भएको क्षतिको सदनलाई जानकारी गराउन माग गरेो । उनले अहिलेसम्म सरकारले आफ्नो दायित्व पूरा नगरेको बताए । उनले बाढी पहिरो पीडितलाई तत्काल गरेको राहतको के व्यवस्थाका विषयमा पनि जानकारी दिन आग्रह समेत गरे ।‘शनिवारको बाढी पहिरोबाट भएको मानवीय र सम्पत्तिमा भएको क्षतीको जानकारी सदनलाई जानकारी आएको छैन । अहिलेसम्म सरकारले आफ्नो दायित्व पूरा गरेको छैन’ उनले भने, ‘बाढी पहिरो पीडितलाई तत्काल राहतको के व्यवस्था गरेको छ । सदनलाई जानकारी दिन आग्रह गर्दछ ु।’नेकपा एमालेकी सांसद शोभा ज्ञवालीले बाढी पहिरोमा परेकाहरूका लागि आवश्यक राहत र क्षतिपूर्तिको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरिन् । उनले नेकपा एमाले लगायत अन्य दलहरूले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदा समेत प्रधानमन्त्री नाटकीय ढङ्गले अघि बढेको बताइन् । उनले प्रधानमन्त्रीले मुलुकलाई निकास दिनको निम्ति प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताइन् ।नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले बाढी र पहिरोको कारण मुलुकमा सबै सडकहरू अवरुद्ध भएको बताए । उनले बाढी पहिरो पीडितहरूका लागि सरकारले उचित राहत र उद्धारको व्यवस्था राम्रो नभएको भन्दै तत्काल व्यवस्था गर्न माग गरे । उनले उपत्यकाभित्रका समेत सडक तथा बस्तीहरू जोखिममा रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नक्कली भुटानी नाम जोडिए पनि एक वर्षअघि अदालतमा पेस गरेको अभियोग पत्रमा प्रतिवादी नबनाइएका बेचन झालाई वर्तमान सरकारले नियन्त्रणमा लिएपछि राजनीतिक बेचैन सुरु भएको बताए । उनले सुशासन र भ्रष्टाचारको विरुद्धमा लागेको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएर जुन चलखेल भएको भन्दै बेचन झाहरूको केश अगाडि बढाउन माग गरे । उनले आगामी सरकारलाई पनि बेचन झाहरूले चयन नदिने बताए ।

त्यस्तै, नेपाली कांग्रेसकी सांसद सपना राजभण्डारीले बाढी पहिरोमा परेकाहरूलाई सरकारले तत्काल उद्धार गर्न माग गरिन् । उनले काठमाडौँ उपत्यकामा समेत केही स्थानहरू डुबानमा पर्दा सर्वसाधरणहरुले दुःख कष्ट भोग्नुपरेको बताइन् । उनले काठमाडौँ उपत्यकामा डुबान नहुने गरी दीर्घकालीन समाधानको खोजी गर्न आवश्यक रहेको समेत बताइन् ।

नेपाली कांग्रेसकी सांसद सीता मिजारले बाढी पहिरोको जोखिममा परेका नागरिकलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग माग गरिन् । उनले विपद्मा परेका सर्वसाधारणलाई आपत्कालीन उपचारका लागि हवाई एम्बुलेन्सको विशेष व्यवस्था गर्न पनि माग गरिन् ।

नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले बाढी पहिरोमा परेका मृतक तथा घाइतेहरूको परिवारलाई उचित राहत तथा उद्धार व्यवस्था गर्न माग गरिन् । थिङले राष्ट्रिय परिचयपत्र बनाउन विवाहित महिलाले सिन्दूर पुछ्नुपर्ने कार्य हिन्दु संस्कृति माथिको धावा भएको बताइन् । उनले हिन्दु संस्कृतिको पहिचान मेटिने गरी बनाउने राष्ट्रिय परिचयपत्रको भर्त्सना गर्ने बताइन् । थिङले राष्ट्रिय परिचयपत्र बनाउँदा सिन्दूर र पोते खोल्ने कार्य तत्काल बन्द गर्न माग गरिन् ।रातोपाटीबाट

 

  • बाढी पहिरोको जोखिममा परेकालाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न सांसदहरूको माग
सोमबार, असार २५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भन्सार छलीका सामानसहित एक जना पक्राउ
कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ
समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
कांग्रेस इतर पक्षको वडा अधिवेशन : कैलाली-५ का ११ वडामा नेतृत्व टुंगियो
कस्तो रहला आजको मौसम ?
धनगढीमा जेई खाेप अभियान :५५ हजार१०५ जनाले लगाए खोप

समाचार

सबै

भन्सार छलीका सामानसहित एक जना पक्राउ

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ

कांग्रेस इतर पक्षको वडा अधिवेशन : कैलाली-५ का ११ वडामा नेतृत्व टुंगियो

भन्सार छलीका सामानसहित एक जना पक्राउ

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ

कांग्रेस इतर पक्षको वडा अधिवेशन : कैलाली-५ का ११ वडामा नेतृत्व टुंगियो

विशेष

सबै
समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५२ मिनेट 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ३.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

  • ४.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ५.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

  • ६.
    सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.