धनगढी । प्रहरीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले दोषी ठहर भइ फरार रहेका २ जना पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का रविन चौधरी र कैलालीको घोडाघोडी नगरपालिका–११ लबपुरका ३८ वर्षीय विजय कठरिया रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय र रु.२ हजार जरिवाना तोकिएको रविनलाई कैलालीको गोदावरी नगरपालिका-३ चौकीडाँडा र चोरी मुद्दामा १ महिना १७ दिन कैद सजाय र रु. १० हजार जरिवाना तोकिएका विजयलाई निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाइएको छ ।













