• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज १६, २०८३
☰
शुक्रबार, असोज १६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ११ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

लोकप्रिय समाचार

  • १. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ८. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ९. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • १०. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  •   शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित

धनगढी । सानैदेखि डाक्टर बन्ने सपना थियो जनकराज जोशीको । तर, पारिवारिक आर्थिक अवस्था र अन्य कारणले उनको त्यो सपना पूरा हुन सकेन । विक्रम संवत् २०४० मा एसएलसी उत्तीर्ण गरेका जोशीले त्यसपछि व्यवस्थापन विषयमा उच्च शिक्षा हासिल गरे ।

त्यसपछि उनी परिवार नियोजनको क्षेत्रमा काम गर्न थाले । स्वास्थ्यसँग जोडिएको सामाजिक क्षेत्रमा काम गर्दा उनको मनमा बाल्यकालदेखिको डाक्टर बन्ने सपना फेरि जाग्यो । आफूले डाक्टर पढ्न नपाए पनि अरूलाई त्यस क्षेत्रमा अघि बढाउन र आफ्नै ठाउँका नागरिकलाई स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने सोच जोशीमा पलायो ।

उनले आफ्ना छोराछोरीलाई डाक्टर पढाए । भान्जाभान्जीलाई पनि स्वास्थ्यसम्बन्धी शिक्षा हासिल गर्न सहयोग गरे । यही सोच र अनुभवको जगमा उनले स्वास्थ्य क्षेत्रमा आफ्नै लगानीमा केही गर्ने निर्णय गरे ।

आज त्यही निर्णयको परिणाम हो, धनगढी उपमहानगरपालिका–१ पशुपतिटोलमा रहेको कैलाली अस्पताल ।

११ जनाबाट सुरु भएको अस्पतालमा अहिले १२४ जनाले रोजगारी पाएका छन् । २५ शय्याबाट सुरु भएको अस्पताल आफ्नै भवनमा विशेषज्ञ चिकित्सकसहित विभिन्न विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाका रूपमा विस्तार भएको छ ।

भारतमा नेपाली बिरामीको सास्ती देखेर अस्पताल खोल्ने सोच
जोशीले कैलाली अस्पताल स्थापना गर्नुको पछाडि एउटा खास अनुभव छ । सीमावर्ती भारतीय क्षेत्रमा नेपाली बिरामीलाई लक्षित गरी खुलेका स्वास्थ्य संस्थामा उपचारका नाममा भइरहेको आर्थिक शोषण र जनस्वास्थ्यप्रतिको बेवास्ताले उनलाई चिन्तित बनाएको थियो ।

त्यही अनुभवले उनलाई आफ्नै क्षेत्रमा अस्पताल खोल्ने सोचसम्म पुर्‍यायो ।

‘सीमावर्ती क्षेत्रमा नेपाली बिरामीलाई लक्षित गरेर खुलेका अस्पतालमा उपचारका नाममा भइरहेको लुटपाट र जनस्वास्थ्यसँग गरिएको खेलवाड देखेर मन खिन्न हुन्थ्यो,’ उनी भन्छन्, ‘हामीले आफ्नै ठाउँमा किन स्वास्थ्य संस्था सञ्चालन नगर्ने भन्ने सोचले अस्पताल खोल्ने निर्णय गरेँ ।’

त्यतिबेला सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण पनि उनको विचारमा सकारात्मक थिएन। यहाँ केही गर्न सकिँदैन भन्ने सोच व्याप्त थियो । तर, जोशीलाई लाग्थ्यो, एक–दुई जना चिकित्सक राखेर भए पनि आफ्नै ठाउँमा स्वास्थ्य सेवा सुरु गर्न सकिन्छ।
‘सुदूरपश्चिममा केही हुँदैन भन्ने सोचलाई चिर्नु थियो । सानो स्तरबाट भए पनि स्वास्थ्य सेवा सुरु गर्नुपर्छ भन्ने लाग्यो,’ उनी भन्छन् ।

उनको यो सोचलाई चिकित्सकहरूले पनि साथ दिए । प्राध्यापक डा. विधाननिधि पौडेलले महिनामा एक–दुई पटक आएर सेवा दिने प्रतिबद्धता जनाए । त्यसपछि छालारोग विशेषज्ञ डा. भाष्करमोहन कायस्थ, न्युरोसर्जन डा. प्रविण श्रेष्ठ र न्युरोलोजिस्ट डा. ईशा ढुंगानालगायतका चिकित्सकको सहयोग जुट्यो ।

विभिन्न विशेषज्ञ चिकित्सकलाई निश्चित समयमा धनगढी ल्याएर सेवा दिने योजनासहित उनले अस्पतालको काम अघि बढाए । प्रारम्भिक प्रयासपछि अस्पताललाई औपचारिक रूपमा स्थापना गरी १० शय्याबाट सेवा सञ्चालन गरे ।

त्यसपछि क्रमशः चिकित्सक थप्दै र सेवा विस्तार गर्दै गए । अहिले अस्पतालमा युरोलोजिस्ट, न्युरोलोजिस्ट, स्त्रीरोग विशेषज्ञ, फिजिसियनलगायत करिब १६ जना विशेषज्ञ चिकित्सकबाट सेवा उपलब्ध भइरहेको छ ।

उपचारका लागि भारत जाने होइन, भारतीय बिरामी नेपाल आउने

कैलाली अस्पतालले सेवा विस्तारसँगै सुदूरपश्चिमका विभिन्न जिल्लाका बिरामीलाई आकर्षित गरेको छ । पछिल्लो समय सीमावर्ती भारतीय क्षेत्रबाट समेत बिरामी उपचारका लागि धनगढी आउने गरेका छन् ।

जोशीका अनुसार कैलाली अस्पतालमा गत वर्ष २० जना भारतीय नागरिकको शल्यक्रिया गरिएको थियो । चालु आर्थिक वर्षको साउनयता मात्रै १२ जना भारतीय बिरामीको शल्यक्रिया भइसकेको छ ।

‘पहिले नेपालीहरू उपचारका लागि भारत जान्थे। अहिले भारतीय नागरिक नै उपचारका लागि नेपाल आइरहेका छन् । यो हाम्रा लागि सुखद पक्ष हो,’ उनी भन्छन् ।

उनका अनुसार अस्पतालले सुदूरपश्चिममा मुटुरोग विशेषज्ञ ल्याएर सेवा सुरु गर्ने प्रयासदेखि स्पाइन सर्जरी र हिप रिप्लेसमेन्टजस्ता उपचार सेवा विस्तारमा पनि भूमिका खेलेको छ । अहिले १० शय्याको सघन उपचार कक्ष (आईसीयू) सहित विभिन्न प्रकारका शल्यक्रिया सेवा सञ्चालन भइरहेका छन् ।

सेती प्रादेशिक अस्पतालबाट करिब ३०० मिटरको दूरीमा आफ्नै भवनबाट सेवा दिइरहेको कैलाली अस्पतालले सरकारी सामाजिक सुरक्षा कार्यक्रमलगायत सरकारले तोकेका स्वास्थ्य योजनाअनुसार पनि सेवा प्रदान गर्दै आएको जोशी बताउँछन् ।

उनको दाबीमा अस्पतालले यस क्षेत्रका नागरिकलाई सम्भव भएसम्म सस्तो र सुलभ उपचार उपलब्ध गराउँदै आएको छ । आर्थिक अवस्था कमजोर भएका बिरामीलाई पनि अस्पतालले आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएको उनको भनाइ छ ।

‘पैसा नभएकै कारण कुनै बिरामी उपचारबाट वञ्चित हुनु हुँदैन भन्ने मेरो मान्यता हो,’ उनी भन्छन्, ‘दिनदुःखी बिरामी उपचारका लागि आउँदा मैले आफ्नो जिम्मेवारी सम्झिन्छु । भगवान्ले सबैलाई सेवा गर्ने अवसर दिनुभएको हुँदैन ।’

आफ्ना छोराछोरीलाई समेत उनले यही मानवीय भावनाको शिक्षा दिएका छन् । पैसा अभावमा बिरामी उपचारबाट वञ्चित भए त्यसलाई अस्पतालका लागि राम्रो संकेत नमान्न उनले परिवारका सदस्यलाई सिकाएका छन् ।

२५ शय्याबाट १०० शय्याको लक्ष्य

कैलाली अस्पताललाई अब अझ ठूलो र विशिष्टीकृत स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने जोशीको योजना छ । हाल १०० शय्याको अस्पताल बनाउने प्रक्रिया अघि बढिरहेको छ । त्यसपछि प्यारामेडिकल तथा नर्सिङ कलेज स्थापना गर्ने उनको लक्ष्य छ ।

उनको योजना अस्पतालको शय्या संख्या बढाउनेमा मात्रै सीमित छैन । क्याथल्याब, डायलाइसिस र क्यान्सर उपचार सेवासमेत सञ्चालन गर्ने सोच बनाएका छन् । सिटी स्क्यान सेवा सुरु गर्ने योजना पनि उनको प्राथमिकतामा छ ।

‘१०० शय्याको अस्पताल भएपछि थप उपचार सेवा सञ्चालन गर्ने बाटो खुल्छ । अहिले कानुनी व्यवस्थाका कारण पनि केही सेवा विस्तार गर्न कठिनाइ छ,’ उनी भन्छन्, ‘भविष्यमा बिरामीले सकेसम्म सबै प्रकारका उपचार सेवा एउटै अस्पतालबाट पाउने वातावरण बनाउने हाम्रो लक्ष्य हो ।’

त्यसका लागि भौतिक पूर्वाधार, आवश्यक उपकरण र दक्ष जनशक्ति जुटाउनुपर्ने चुनौती पनि उनी स्वीकार गर्छन् ।

अस्पताल परिसरमा थप दुईवटा भवन निर्माणको तयारी भइरहेको छ । जग्गा विस्तारको प्रक्रिया पनि अघि बढाइएको छ । जग्गासम्बन्धी काम पूरा भएपछि तिहारलगत्तै निर्माण प्रक्रियामा जाने उनको योजना छ ।

‘योजना बनाएर मात्रै हुँदैन, त्यसलाई कार्यान्वयन गर्न पूर्वाधार, उपकरण र जनशक्ति सबै चाहिन्छ,’ उनी भन्छन्, ‘यी सबै कुरा जुटेपछि मात्रै नयाँ सेवा सुरु गर्छौँ ।’

अधुरो सपना, अरूको उपचारमा सन्तुष्टि

जोशीका लागि कैलाली अस्पताल केवल व्यवसाय वा लगानीको क्षेत्र मात्रै होइन, आफूले पूरा गर्न नसकेको बाल्यकालको सपनासँग जोडिएको अभियान पनि हो ।
डाक्टर बन्ने रहर पूरा गर्न नसके पनि आफ्ना सन्तानलाई चिकित्सक बनाउनु र आफ्नै ठाउँमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्नु उनका लागि सन्तुष्टिको विषय बनेको छ ।

आफूले सहयोग गरेका भान्जाभान्जी स्वास्थ्य क्षेत्रमै अघि बढ्नु र छोराछोरीले चिकित्सकका रूपमा काम गर्नुले पनि उनको पुरानो चाहनालाई कुनै न कुनै रूपमा पूरा गरेको अनुभूति दिलाएको छ ।

‘मैले डाक्टर पढ्न पाइनँ । तर, छोराछोरीलाई डाक्टर पढाएँ । भान्जाभान्जीलाई पनि स्वास्थ्य क्षेत्रमा अघि बढ्न सहयोग गरेँ,’ उनी भन्छन्, ‘आफूले पढ्न नसके पनि आफ्ना सन्ततिलाई त्यो बाटोमा लगाउन सकेँ । यसैमार्फत आफ्नो इच्छा पूरा भएको महसुस गरेको छु ।’

स्वास्थ्य सेवामा मानवीय सम्बन्धको महत्त्वलाई पनि उनी उत्तिकै जोड दिन्छन् । उनका अनुसार अस्पतालसँग जोडिएका चिकित्सकहरू बिरामीप्रति संवेदनशील छन् । आर्थिक अवस्था कमजोर भएका र उपचारमा कठिनाइ भोगिरहेका बिरामीलाई सहयोग गर्नु अस्पतालको जिम्मेवारी भएको उनी ठान्छन् ।

‘मेरो नाता नपरे पनि अस्पतालको सम्बन्धले नाताभन्दा नजिक भएका चिकित्सकहरू छन् । मेरो सोचअनुसार दिनदुःखीको सेवा गर्नुहुन्छ । यो मेरो अहोभाग्य हो,’ उनी भन्छन् ।

अस्पतालसँग जोडिएको १२४ जनाको भविष्य

११ जनाबाट सुरु भएको कैलाली अस्पतालमा अहिले १२४ जनाले काम गरिरहेका छन् । जोशीका लागि यो संख्या अस्पतालको विस्तारको सूचक मात्रै होइन, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने अवसर पनि हो ।

सुदूरपश्चिममै विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने र बिरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता घटाउने उनको लक्ष्य छ । अस्पतालको क्षमता विस्तारसँगै थप रोजगारी सिर्जना गर्ने र स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्‍याउने उनको योजना छ ।

सुरुमा सीमित चिकित्सक र सानो पूर्वाधारबाट थालिएको प्रयास आज ठूलो स्वास्थ्य संस्थामा रूपान्तरण हुँदै गएको छ । अबको चुनौती भनेको यो विस्तारलाई व्यवस्थित बनाउँदै गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्नु हो ।

डाक्टर बन्ने अधुरो सपना बोकेर स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका जोशी अहिले अरूको उपचार, स्वास्थ्य सेवाको विस्तार र नयाँ पुस्तालाई स्वास्थ्य शिक्षामा अघि बढाउने योजनामा केन्द्रित छन् ।

कैलाली अस्पताललाई १०० शय्याको विशिष्टीकृत अस्पताल बनाउने उनको लक्ष्य पूरा भएमा त्यो उनको व्यक्तिगत सपनाको विस्तार मात्रै नभई सुदूरपश्चिमको स्वास्थ्य सेवामा थपिएको अर्को अध्याय पनि हुनेछ ।

  • कैलाली अस्पताल
शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन
कांग्रेस प्रदेश प्रतिनिधिमा कमल कुमार ऐडी निर्विरोध निर्वाचित
नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा हुने स्तरोन्नतिबारे अन्तरक्रिया
नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा
महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

समाचार

सबै

डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन

कांग्रेस प्रदेश प्रतिनिधिमा कमल कुमार ऐडी निर्विरोध निर्वाचित

नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा हुने स्तरोन्नतिबारे अन्तरक्रिया

डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन

कांग्रेस प्रदेश प्रतिनिधिमा कमल कुमार ऐडी निर्विरोध निर्वाचित

नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा हुने स्तरोन्नतिबारे अन्तरक्रिया

विशेष

सबै
‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ११ घण्टा 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

  • १.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ५.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.