धनगढी । कैलालीको गौरीगंगा नगरपालिका-६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
बिहीबार बिहान च्याउ टिप्न जंगल गएका गौरीगंगा नगरपालिका–६ चरीडाँडा बस्ने करिब ४० वर्षीय कृष्ण चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिहान करिब ५ बजेतिर च्याउ टिप्ने क्रममा चौधरीमाथि बाघले आक्रमण गरेको थियो ।













