धनगढी । कैलालीका सफल कृषकहरूले अबलम्वन गरेका असल अभ्यासबारे मिडिया सम्बाद कार्यक्रममा गरिएको छ ।
बिहीबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा भूमिराज मिडिया नेपाल प्रालिले धनगढीमा सो सम्बाद कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले कृषि क्षेत्रमा प्रदेश सरकारले विभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले कृषिको बजेट बृद्धि नहुँदासम्म कृषि क्षेत्रका समस्या हल नहुने बताए ।
उनले भने ‘कृषिलाई जसरी सैद्धान्तिक रुपामा बुझेका छौँ । त्यसलाई व्यवहारमा पनि लागु गनुपर्ने हुन्छ ।’ उनले कृषि राष्ट्रको जीडिबीमा सबैभन्दा बढी योगदान गरेको क्षेत्र भएको बताए ।
त्यस्तै उनले कृषि क्षेत्रलाई बुझ्ने तरिका बारे छलफल गर्नुपर्ने उनले बताए । सुदूरपश्चिममा ८४ प्रतिशत मानिस कृषिमा आवद्ध भएको उनको भनाइ छ ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेकबहादुर बिष्टले ज्ञानकेन्द्रले जिल्लामा गरिरहेका कृषिसम्बन्धी गतिविधिका बारेमा प्रस्तुति करण राखेका थिए । उनले कृषि क्षेत्रको प्रबद्र्धनका लागि ज्ञान केन्द्रले बसन्ते मकै,तरकारीखेती,मौरी विकास,चैतेधान थारु आलु,सुन्तला विकास लगायतका कार्यक्रमहरु गर्दै आएको बताए ।
त्यस्तै, ज्ञानकेन्द्रले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा स्यालो ट्युवेल,पावर टिलर,मौरीघार उपलब्ध गराउँदै आएको उनले बताए ।
त्यस्तै,कार्यक्रममा भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रीका निजी सचिव शंकर बोगटीले मन्त्रालयले कृषि क्षेत्रमा गरिरहेका कामका बारेमा प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा च्याउखेती गर्दै आएका कैलालीको गोदावरी नगरपालिका–३ का डिल्लीराज जोशीले नेपाल कृषि क्षेत्रमा सम्भावना भएको बताउँदै यसमा सरकारले तदारुकता देखाउनु पर्ने बताए ।
घोडाघोडी नगरपालिका–४ का किसान मानबहादुर चौधरीले ठूला उपकरणको अभावका कारण सोचेजस्तो काम गर्न नसकिरहेको बताए ।
गोदावरी नगरपालिका–८ का किसान मनोज चौधरीले उत्पादित वस्तु बजारभाउ नपाउँदा किसान मर्कामा परेको बताए । त्यस्तै उनले प्राङ्गारिक मलमा जोड दिनुपर्ने बताए ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव टेकेन्द्र कुश्मीले कार्यक्रममा उठेका प्रश्नको जवाफ दिएका थिए । भूमिराज मिडिया नेपाल प्रालिका अध्यक्ष जनक बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारकर्मी, किसान,विद्यार्थीलगायत सरोकारवालको उपस्थिति रहेको थियो ।
















